प्रधानमन्त्री कप फाइनल : आर्मीलाई सुदूरपश्चिमले दियो १६२ रनको लक्ष्य


काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार (वैशाख ४) वीरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन बनाएको हो ।

सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान गरे । किरण ठगुन्नाले ३५ रन जोडे । नारायण जोशीले २९, हेमन्त धामीले १६ रन बनाए ।  

आर्मीका आकाश चन्द र साहब आलमले समान तीन विकेट लिए । बसिर अहमदले दुई, कुशल मल्लले एक विकेट लिए ।

आर्मी सुदूरपश्चिमलाई हराउँदै तेस्रोपटक उपाधि घर ल्याउने लक्ष्यमा छ । आर्मीले यसअघि सन् २०१७ र २०२१ मा प्रतियोगिताको उपाधि जितेको थियो । सुदूरपश्चिम भने पहिलोपटक विजेताको सूचीमा आफ्नो नाम लेखाउने दाउमा छ । 

सुरुआती संस्करणदेखि नै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको सुदूरपश्चिमले यसपालि पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघिका सातै संस्करणमा सुदूरपश्चिमले समूह चरण पार गर्न सकेको थिएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार