प्रधानमन्त्री बालेन शाह विरुद्धको अवहेलना मुद्दामा आज  सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह विरुद्धको अवहेलना मुद्दा सुनुवाइका लागि पेसीमा तोकिएको छ । 

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले दर्ता गरेको अदालतको अवहेलना मुद्दा पेसीमा तोकिएको हो । 

उक्त अवहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि फिल्म चल्न नदिने घोषणा गरी फिल्म हलहरूमा महानगर प्रहरी खटाएका थिए । 

हलवालाहरूको छाता सङ्गठन चलचित्र सङ्घले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार