बालेनलाई सांसद श्रेष्ठको प्रस्ताव : ग्रामीण तथा आदिवासी संगीतमा लगानी गरौं

काठमाडौं । पूर्वमिस नेपाल समेत रहेकी रास्वपा सांसद अनुष्का श्रेष्ठले ग्रामीण तथा आदिवासी संगीतमा लगानी गर्न प्रस्ताव गरेकी छन् । केही दिनअघि समानुपातिक सांसदहरूसँग प्रधानमन्त्री बालेन शाहसँगको छलफलमा आफूले ५ बुँदे प्रस्ताव राखेको श्रेष्ठले बताएकी छन् ।

बोलीचालीका भाषाको संरक्षण र प्रवर्धनका लागि गीत-संगीत अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै अनुष्काले ग्रामीण तथा आदिवासी संगीतमा लगानी गर्दा मौलिक भाषाको संरक्षण हुने बताएकी छन् ।

रञ्जना लिपिको संरक्षण र प्रवर्धनका लागि कल्लीजात्रा जस्ता पहल प्रेरणादायी रहेको बताउँदै अनुष्काले लेखन भाषाको संरक्षणको लागि विश्व भाषा क्याम्पस र पर्यटन मन्त्रालयको भाषा आयोगबीच बलियो सहकार्य हुनुपर्ने समेत प्रस्ताव गरेकी छन् ।

आदिवासी परिकार र कपडा बुनाइ प्रविधिलाई सरकारी विश्वविद्यालयका स्नातक तहका पाठ्यक्रममा समावेश गर्न अनुष्काको आग्रह छ । काठमाडौं महानगरले गरेको आदिवासी परिकारको पहललाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

उनी लेख्छिन्, ‘ नेपालका ५९ आदिवासी जनजाति, १२० भन्दा बढी भाषाहरू, साथै मेरो नेवा पहिचानको प्रतिनिधित्व गर्दै, ऐतिहासिक तथा संरचनात्मक विभेदका विषयमा उठाइएका महत्वपूर्ण कुराहरूमा मैले पनि सहमति जनाएँ र त्यसको समाधानका लागि आवश्यक कदमहरूको जोडदार रूपमा उल्लेख गरें ।’

सम्भावनको राजनीति अनुरुप आफूले ती प्रस्ताव प्रधानमन्त्रीसामु राखेको अनुष्काको भनाइ छ । अनुष्काले यसअघि काठमाडौं महानगरमा सल्लाहकारको अनुभव समेत बटुलेकी छन् । प्रधानमन्त्री शाह स्वयम हिप-हप, गीतकार तथा संगीतकार हुन् ।

https://www.facebook.com/share/p/1ZmRRw1QmK

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार