बालेन र रविको प्रस्ताव मनिष झाद्वारा अस्वीकार, संसदीय सभापतिमा नबस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संसदीय समितिको सभापति पदमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता वालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि झाको नाम प्रस्ताव गरेका थिए ।

तर झाले आफू संसदीय समितिको सभापति नबन्ने भन्दै प्रस्ताव अस्वीकार गरेका छन् । झा हाल जनकपुरधाममा छन् । झाले उम्मेदवार नबन्ने अडान राखेपछि रास्वपाले आफ्नो निर्णय परिमार्जन गरेको छ । झाको स्थानमा अब उद्योग समिति सभापतिका लागि रहबर अन्सारीलाई उम्मेदवार बनाउने बताइएको छ ।

झा बालेन सरकारमा मन्त्री बन्न चाहन्थे । धेरैले उनलाई सञ्चारमन्त्री बन्ने चर्चा गरेका थिए । तर रास्वपाको मधेशका जिल्लामा उम्मेदवारको टिकट खरिदबिक्रीमा झाको समेत नाम मुछिएपछि उनको मन्त्री बन्ने लिस्टबाट नाम काटिएको थियो । रास्वपाले विगतमा सांसदको अनुभवका आधारमा झाको नाम सभापतिमा प्रस्तावित गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार