चरित्र हत्या भयो भन्दै गृहमन्त्री सुधन गुरुङको आपत्ति

काठमाडौं, बैशाख ३ । गृहमन्त्री सुधन गुरुङले नेपाल बायुसेवा निगमलाई धम्कीपूर्ण आदेश दिएर बहिनीलाई निशुल्क टिकट दिन भनेको समाचारको बिषयमा ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाउनु भएको छ ।

जनताटाइम्स डटकममा प्रकाशित ‘गृहमन्त्री सुधनको लोकप्रिय काम : बहिनीलाई हङकङको निशुल्क टिकट दिन बायुसेवा निगमलाई धम्कीपूर्ण निर्देशन’ शीषएकको समाचारले आफ्नो ब्यक्तिगत प्रतिष्ठामा आघात पुगेको उल्लेख छ ।

चैत २२ गते प्रकाशित सो समाचारप्रति चैत २३ गतेको मितिमा नयाँ बर्षको दिन प्राप्त खण्डनमा गृहमन्त्री गुरुङले आफूले कतै समाचारको खण्डन गर्नुभएको छ । गृहमन्त्री गुरुङको खण्डनमा भनिएको छ, ‘कथित स्रोतलाई उधृत गरिएको भए पनि सो स्रोतको पहिचान, प्रमाणवा आधिकारिक पुष्टि कतै उल्लेख गरिएको छैन । यस प्रकारको अपुष्ट र एकतर्फी समाचार सामग्री प्रकाशन गर्नुको उदेश्य मेरो ब्यक्तिगत प्रतिष्ठामा आघात पुर्याउने र चरित्र हत्या गर्ने बाहेक अन्य केही देखिदैन ।’

गृहमन्त्री गुरुङको बहिनी सोनिया गुरुङले पर्यटन बोर्डमार्फत अगाडि बढाएको फाइल रोकिएपछि गृह मन्त्रीको सचिवालयबाट नेपाल बायुसेवा निगमलाई निशुल्क टिकटको ब्यवस्था मिलाउन धम्कीपूर्ण निर्देशन गएको समाचारप्रति गृहमन्त्रीले आपत्ति जनाउनु भएको हो । खण्डनमा गृहमन्त्रीले आफूले यस्तो निर्देशन नदिएको भन्ने उल्लेख भने कतै गर्नुभएको छैन ।

गृहमन्त्रीको पदीय दुरुपयोगको बिषयमा प्रकाशित सो समाचारको बिषया पठाइएको खण्डनमा भने गृहमन्त्री उल्लेख नगरी ब्यक्तिगत रुपमा पठाउनु भएको छ । चैत २२ गते प्रकाशित समाचारको खण्डन पनि पहिला प्रेस काउन्सिलमा उजुरी गरी काउन्सिलबाट प्राप्त भएपछि मात्र पुन गृह मन्त्रालयको मेलबाट पठाइएको छ ।

सो खण्डनलाई हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौं । समाचार स्रोतप्रति हामी बिश्वस्थ भए पनि समाचारप्रति प्राप्त धारणा सहमति वा असहमति जे भएपनि जस्ताको तस्तै प्रकाशत गर्ने  सम्पादकीय नीति रहेको कारण गृहमन्त्रीको नाममा नआए पनि गृह मन्त्रालयको आधिकारिक मेलबाट प्राप्त भएकोले प्रकाशन गरेका छौं ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार