फेरि तीन लाख माथि उक्लियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (बुधबार)सुन-चाँदीको भाउ बढेको छ। 

मंगलबार तोलामा तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार प्रतितोला पाँच हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार