धादिङको ज्वालामुखी बन्दैछ नेपालकै पहिलो स्वच्छ पालिका, सभामुखले घोषणा गर्ने

२९ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन् ।

अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

अर्याल आफ्नै पालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्न गृहजिल्ला जान लागेका हुन् ।

आज बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिँदैछ । सभामुख अर्यालकै प्रमुख आतिथ्यतामा यो कार्यक्रम हुन लागेको हो । उनले नै घोषणा गर्ने कार्यक्रम रहेकोछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार