लक्ष्मण थारु सहित नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेताहरु रास्वपा प्रवेश गर्दै

धनगढीः  थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु र सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । रास्वपाले थारु क्लस्टरबाट सुरेन्द्र चौधरीको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ । 

रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक रहेका थारु र चौधरी चाँडै नै रास्वपामा प्रवेश गर्ने तयारीमा बताइएको छ । आफूहरूसहित नागरिक उन्मुक्ति पार्टीका अरू नेता पनि रास्वपामा प्रवेश गर्न लागेको सुरेन्द्र चौधरीले बताए । 

लक्ष्मण थारु र सुरेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीका संस्थापक हुन् । तर उक्त पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठको खटपट सुरु भएपछि उनीहरू पार्टीमा सक्रिय भएका थिएनन् ।  लक्ष्मण थारु कृषि व्यवसायमा लागेका थिए भने सुरेन्द्र चौधरी वैकल्पिक राजनीतिको वकालत गर्दै हिँडिरहेका थिए । 

यहीबिचमा पुस १० गते काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले सुरेन्द्र चौधरीलाई बोलाएर सहकार्यका लागि आग्रह गरेका थिए । त्यसपछि पनि पटक पटक छलफल भएकामा उनीहरू रास्वपामा जानका लागि सहमति भएको हो ।

चौधरीका अनुसार केही दिनमा एउटा कार्यक्रम आयोजना गरी रास्वपामा समाहित तयारी भइरहेको बताए ।  रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालका नेताहरू समेत आफूहरूसँगै रास्वपामा प्रवेश गर्ने उनले दाबी गरे ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार