एमाले निकट भूमि अधिकार तथा श्रमिक सङ्गठनको महाधिवेशन टीकापुरमा

टीकापुर : भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ।

नेकपा एमाले निकट सङ्गठनको दोस्रो महाधिवेशन वैशाख २३–२४ गते टीकापुरमा हुने र त्यसको तयारी पूरा भएको सङ्गठनले सोमवार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको छ।
नेकपा (एमाले)का पोलिट ब्युरो सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष शान्ता चौधरीले भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवास अत्याधिक भएको क्षेत्र टीकापुरलाई महाधिवेशनस्थल छानिएको बताइन्। नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले नेपालमा सबै भूमिहिनलाई जग्गा दिएर मालिक बनाउन अहिलेको सरकार लागिरहेको बताए।

टीकापुरमा मात्रै करिब नौ हजार नौ सय जना भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासीले जग्गा पाउन भूमि आयोगमा आवेदन दिएका छन्। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदशका विभिन्न जिल्लाबाट टीकापुर आएका अधिकांश मानिसहरू क्याम्पस तथा सङ्घ संस्थाका जग्गामा बसेकाले यहाँ जग्गा नापजाँचको काम सुरु हुन सकेको छैन। 

टीकापुरसँगै सीमा जोडिएका कैलाली र बर्दियाका पालिकाहरूमा पनि भूमिहिन सुकुम्वासीको सङ्ख्या ठुलो रहेको छ। महाधिवेशनमा देशका ६४ जिल्लाबाट ६०० जना प्रतिनिधि सहभागी हुने छन्। सहभागीहरूलाई नेकपा (एमाले)को टीकापुरस्थित पार्टी कार्यालयमा खानपानको व्यवस्था मिलाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार