कश्मिरमा मारिएका नेपाली सुदीपका आमा र बैनीज्वाइँ सकुशल, सुदीपको शव नेपाल ल्याइँदै

काठमाडौँ- जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा मारिएका नेपाली युवक सुदिप न्यौपानेसँगै त्यहाँ पुगेका उनका आमा, बैनी र ज्वाइँ सकुशल रहेको तथा बेलुकासम्म काठमाडौँ आइपुग्ने भएका छन्।

आतंकवादी हमलामा मारिएका सुदीपको शव पनि बेलुकासम्म काठमाडौँ आइपुग्ने उनका काका बद्रीनाथ न्यौपानेले जानकारी दिएका छन्।

Galaxy

‘सुदीपका आमा, बैनी र ज्वाइँ अहिले जम्मुस्थित विमानस्थलमा दिल्ली जान पर्खिरहेका छन्,’ सुदीपका काका बद्रीले देशसञ्चारसँग भने।

सुदीपकी आमा रिमा पाण्डे, बैनी सुष्मा काफ्ले र ज्वाइँ युवराज काफ्ले सुदीपसँगै घुम्न कश्मिर गएका थिए।

उनीहरूलाई पहलगामबाट सेनाको विशेष जहाजमा जम्मु ल्याइएको थियो।

बुटवल रुपन्देहीका सुदिप न्यौपानेसहित २६ जनाको उक्त हमलामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हमलामा परी १० जना घाइते भएका छन्। पहलगाम श्रीनगरबाट ७० किलोमिटर टाढा रहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार