कञ्चनपुरमा भेटिएको शवको पहिचान खुल्यो, अनुसन्धानमा कुकुर र सीआईबीको सहयोग लिइने

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ ।

मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना भएको खुलेको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए । उनकाअनुसार राना मंगलबार बिहान साढे ४ कलकत्ता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।

Seti Hospital

उनी घटनास्थलमा जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् ।

नेपाल प्रहरीको धनगढीमा रहेको कुकुुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । उनले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने एसपी जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार