काठमाडौं : नेकपा (एमाले) की सचेतक सुनिता बरालले अहिलेको सरकार सुशासन स्थापित गर्नको लागि प्रतिबद्ध रहेको बताएकी छिन् । उनले अहिलेको सरकार जनतालाई सुशासनको अनुभूति गराउने कुरामा प्रयासरत रहेको स्पष्ट पारिन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले अहिलेको सरकार अझै मेहनत गर्नुपर्ने भनिरहेको पनि सुनाईन् ।
उनले अहिलेका उद्योगमन्त्री दामोदर भण्डारीले उद्योगीहरुको मात्रै हित हुनेगरि काम नगर्नेमा आफू विश्वस्त रहेको बताईन् । अहिले सरकारले जनताका दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेको कारण संविधान संशोधनको विषय अघि बढाउन ढिलाई भएको बरालको दाबी छ । उनले अहिले नेपालमा गणतन्त्रवादीहरु एकै ठाउँमा रहेको दाबी गरिन् ।
उनले रास्वपाका सभापति रवि लामिछानेले बोल्दैमा अहिलेको सरकार नढल्ने दाबी गरिन् । बरालले अहिलेको सरकार भारतसँग नेपालको सम्बन्ध राम्रो हुनुपर्छ भन्नेमा प्रष्ट रहेको पनि बताईन् । उनले संविधानको व्यवस्थाअनुसार नेपालले सबैसँग सन्तुलित व्यवहार राख्ने भनिएकोले यसमा सरकार प्रष्ट रहेको स्पष्ट पारिन् ।
प्रतिक्रिया दनुहोस्