काठमाडौं : लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९.५ ओभरमा अलआउट हुँदै २१७ रन जोड्यो ।
लुम्बिनीका लागि प्रज्वल थापाले अर्धशतकीय पारी खेले । ७९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ७२ रन हिर्काए । त्यस्तै मृनाल गुरुङले ३८, देव खनालले ३३, विप्रसनले २५ तथा मनिष थापाले २४ रन जोडे । लुम्बिनीले ११ रन अतिरिक्तमा पायो ।
गण्डकीका लागि अमृत गुरुङले तीन तथा चन्द्र पौडेल र विपिन खत्रीले समान २ विकेट लिँदा सुवास भण्डारी, कमल परियार र वंश क्षेत्रीको नाममा समान १ विकेट रह्यो ।
प्रतिक्रिया दनुहोस्