भित्र छन् आलिसान भवन, तर आवासमा महिनाकै १ लाख २७ हजार खर्च !

भक्तराज जोशी

धनगढी । अस्पताल परिसरमा २९ वटा आलिसान भवन बने पनि गेटा अस्पतालले आवासमा मासिक करिब डेढ लाख रुपैयाँ खर्च गर्दै आएको छ । 

अस्पतालमा कार्यरत चिकित्सकको आवासका लागि अस्पतालले महिनाकै १ लाख २७ हजार रुपैयाँ  खर्च गर्ने गरेको हो । 

Seti Hospital

चिकित्सकहरुको आवासका लागि बाहिर छुट्टै ३ वटा घर भाडामा लिइएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताएका छन् । कार्कीका अनुसार हाल सो घरहरुको भाडाबापत मासिक १ लाख २७ हजार रुपैयाँ अस्पतालले तिर्दै आएको छ ।

‘बाहिरबाट देख्दा ठूलो पुर्वाधार देखिन्छ तर अस्पताल संचालन गर्न चाहिने पुर्वाधार भित्र प्रयाप्त छैन’, उनले भने, आवास घर नभए पनि अस्पताल कर्मचारीहरुले बिरामी कुरुवा बस्ने ठाउँमा बसेर भए पनि सेवा संचालन गरिरहेका छौँ ।’   

अर्थात अहिले अस्पतालको ठुलो खर्च चिकित्सक र अस्पताल कर्मचारीको आवासमा भइरहेको छ । 

तर भित्र भव्य भावनाहरु हुँदा हुँदै बाहिर घर भाडामा लिएर मासिक लाखौँ खर्च हुँदा पनि त्यसतर्फ भने सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार