कैलाली : गृहमन्त्री रमेश लेखकले कैलालीस्थित प्रादेशिक आपत्कालीनको दाम घरको हस्तान्तरण गरेका छन् । धनगढी उपमहानगरपालिका १३ मा रहेको धनगढी विमानस्थलमा रहेको आपत्कालिन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेका छन्।
आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, “सात प्रदेशमध्ये छ प्रदेशको आपत्कालीन गोदामघर रहेको तर केही आवश्यक सामग्री झिक्न प्राविधिक अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरिएको हो।”


काठमाडौँमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रूपमा विकास गर्ने र विदेशबाट समेत सामग्री मगाउनुपर्ने, वैदेशिक सहयोग तथा खरिद गरेर प्रदेशका आपत्कालीन गोदामघरलाई वितरण गरिने समेत उनले बताए।
उनले भने, कार्य विधिसँगै आवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरिएका आपत्कालीन गोदामघरको रेख देख प्रदेश सरकारले गर्नुपर्ने र विपदको समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँग समन्वयमा काम गर्न निर्देशन समेत दिए ।
त्यसैगरी, प्रदेशमा रहेका आपत्कालीन गोदामघरमा विपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बलसँगै खाद्यान्न औषधि लगायतका सामग्री उपलब्ध हुने समेत गृहमन्त्री लेखकले बताए।
प्रतिक्रिया दनुहोस्