गौरीफन्टा सीमा नाकामा १६ वर्षीया किशोरीको उद्धार

धनगढी :  गौरीफन्टा सीमा नाकामा १६ वर्षीया किशोरीको उद्धार गरिएको छ । नेपाल–भारत सीमा नाकामा सशस्त्र सीमा बल (एसएसबी) ले मानव तस्करीको प्रयास असफल पार्दै १६ वर्षीय नेपाली किशोरीको उद्धार गरेको हो । गौरीफन्टा चेकपोस्टमा प्राप्त सूचनाका आधारमा एसएसबीले बैंगलोर लैजाने तयारीमा रहेका २० वर्षीय युवकलाई पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी किशोरी बझाङकी सोविता सुनार रहेको खुलेको छ भने अभियुक्त युवक सोही जिल्लाका सुशील पार्की रहेका छन्। अनुसन्धानका क्रममा अभियुक्त नेपालमै अध्ययनरत रहेको पत्ता लागेको छ।

khadya

किशोरी विगत तीन दिनदेखि घरबाट बेपत्ता रहेको एसएसबीको अनुसन्धानबाट खुलेको छ  । घटनाबारे तत्काल दुवैका अभिभावकलाई जानकारी गराइएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अभियुक्त युवकलाई नेपाल प्रहरी (कैलाली) को जिम्मा लगाइएको छ भने पीडित किशोरीलाई आमाबुवाको उपस्थितिमा नेपाल एनजीओ (पीआरसी) लाई बुझाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार