धनगढी : धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज पनि दुई खेल हुँदैछन । पहिलो खेलमा फेन्ड्स क्लब डडेलधुरा र बोस्टन क्रिकेट झापा बिच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं बिच प्रतिस्पर्धा हुनेछ ।
आइतबार सम्पन्न खेलमा सीवाईसी अत्तरिया र डीसीए धनगढी विजयी भएका थिए । अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गरेको थियो भने धनगढीले घोडाघोडी ११ लाई ६९ रनको फराकिलो अन्तरले हराएको थियो ।
शनिवार देखि सुरु भएको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया दनुहोस्