कैलाली र कञ्चनपुरबाट ५ जना फरार प्रतिवादी पक्राउ

कैलाली : कैलाली र कञ्चनपुरबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले शनिवार २८ वर्ष अघि नै ५० रुपैयाँ जरिवाना तोकिएका सहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जिल्ला अदालत कञ्चनपुरबाट २०५३ असार २० गते सार्वजनिक अपराधमा ५० रुपैयाँ जरिवाना तोकेका कञ्चनपुरको तत्कालीन दोधारा – २ का वीर सिंह नेपालीलाई शनिवार पक्राउ गरेको छ ।

यस्तै २०६६ कार्तिक ३ गते लागू औषध चरेस सम्बन्धी मुद्दामा २ हजार जरिवाना तोकिई फरार रहेका तत्कालीन चाँदनी – ७ का मान बहादुर चन्द, २०४९ वैशाख ३० अंशबन्डा सम्बन्धी मुद्दामा ६४८ रुपैयाँ २५ पैसा जरिवाना तोकिएका चाँदनी – ८ बस्ने गोपाल सुनार सोही मितिमा अंशबन्डा सम्बन्धी मुद्दामै ६४८ रुपैयाँ २५ पैसा जरिवाना तोकिएका चाँदनी – ८ का गौरी राम सुनारलाई पक्राउ गरेको छ ।

दोधरा चाँदनी क्षेत्रबाट पक्राउ परेका चारै जनालाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यसैबिच कैलालीबाट बादी फौजदारी विविध मुद्दामा १५ हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका धनगढी उपमहानगरपालिका – १३ का ४१ वर्षीय मोहन साउदलाई पनि प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेस गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार