अमेरिकामा हवाई दुर्घटनाः कोहि जिवित भेटिएनन्, ६७ जनाको मृत्यु

एजेन्सी –अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको हवाई दुर्घटनामा सवार सबैको मृत्यु भएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो ।
६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको थियो । सेनाको हेलिकोप्टरमा ३ जना सवार थिया । सेनाको सिकोर्स्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको सैनिक अधिकारीलाई उद्धृत गर्दै बताइएको छ । घटनामा सबै ६७ जनाकै मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

khadya

अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धार कार्य प्रभावित भएको जनाएका छन्  । अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टन डीसीका आगलागी तथा आपत्कालीन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार