काठमाडौं : नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासीलाई ६ कट्ठासम्म निःशुल्क जग्गा वितरण गरिने बताएका छन्। कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित नवौं चन्द्रौटा महोत्सवको उद्घाटन गर्दै उनले तीन वर्षभित्र नेपालमा भूमिसम्बन्धी समस्या सधैँका लागि समाधान गर्ने उल्लेख गरेका छन् ।
मन्त्री अधिकारीले शक्तिशाली भूमि आयोग गठन गरेको र अबदेखि भूमिहीनले एकपटक मात्र जग्गा पाउने स्पष्ट पारेका छन्। उनका अनुुसार, प्रविधिको प्रयोगले नागरिकता र जग्गासम्बन्धी विवरण व्यवस्थित हुनेछ जसले गलत तरिकाले जग्गा पाउन खोज्ने परिपाटी अन्त्य हुनेछ।
उनले जनप्रतिनिधि र कर्मचारीलाई गलत सिफारिस नगर्न चेतावनी दिँदै, वन क्षेत्रलाई असर नगर्ने गरी जग्गा वितरण गरिने जानकारी दिएका छन्। महोत्सव माघ २० सम्म चल्नेछ।

प्रतिक्रिया दनुहोस्