धनगढी । धनगढी उपमहानगरपालिकाले प्राध्यापक डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ । उपमहानगरपालिकाले पन्तले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई नागरिक अभिनन्दन गर्ने भएको हो ।
पन्तले विसं २०३७ सालदेखि कैलाली क्याम्पसमा पढाउन सुरु गरेका थिए । उनले सुरुमा आइकमका विद्यार्थीहरुलाई मासिक एक हजार रुपैयाँ शुल्कमा पढाएका हुन् । एक सय ४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो ।
भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका हुन् । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन् ।
डोटीको शिखर नगरपालिका-९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् ।
त्यस्तै धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशी श्रीबृद्दी गर्न योगदान पुर्याएको भन्दै द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने भएको छ । संगै धनगढीबासिको सुस्वास्थ्य, दिर्घायु तथा प्रगतिको कामनासहित बडिमालिकामा हरेक वर्ष धनगढी उपमहानगरपालिकाको तर्फबाट पूजा गरिने भएको छ ।
प्रतिक्रिया दनुहोस्