दार्चुलाको खण्डेश्वरी माविका कोठा रंगिचंगी बनाइदै

भक्तराज जोशी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी मा.वि का कक्षाकोठा रंगिचंगी बनाइदै छन् । अपिहिमाल गाउँपालिका र प्राेजेक्ट रंगिचंगीकाे सहकार्यमा खण्डेश्वरी माविमा कक्षा १ देखि १० सम्मकाे प्रत्येक काेठामा कक्षा अनुरुपको थिम अनुसार चित्र काेरिदैछन् ।

प्राेजेक्ट रंगिचंगीले सातै प्रदेशका एक/एक बिद्यालयमा याे कार्यक्रम गर्ने याेजना अनुरुप अपिहिमालकाे खण्डेश्वरीमाबि छनाैट भएकाे गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताए।

khadya

प्राेजेक्ट रंगिचंगीले स्थानीय बालबालिकालाई आधारभुत आर्ट कला समेत सिकाउदैछन । याे प्राेजेक्ट मार्फत अपिहिमालकाे पर्यटन प्रबर्द्धन का साथै शैक्षिक क्षेत्रमा नयाँ सपाेट गर्ने कार्यक्रम समेत रहेकाे उनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार