लागुऔषधसहित एक युवक पक्राउ

Call24News

धनगढी : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही वडा बस्ने ३३ वर्षका ओकेन्द्र चौधरी १ ग्राम ३४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाकको दाहिने पट्टिको प्वालभित्र लुकाएर राखेको अवस्थामा खैरो हिरोइन फेला पारी पक्राउ गरेको जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार