बलिदान सांस्कृतिक महा-महोत्सव, हजारौंको भीडमा ‘बलिदान’ को छायांकन

काठमाडौं : सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ का क्लाइमेक्सका दृष्यहरूको छायांकन भव्य सेटमा गरिएको छ । मोरङको हसिना सिमसार क्षेत्रमा ‘बलिदान’ को छायांकन गरिएको हो ।

ठूलो क्यानभास देखाएर स्टोरी र कथालाई विश्वस्नीय बनाउन उनले सक्दो प्रयास गरिरहेका छन् । यसका लागि सेनले तीन वटा सेट बनाएर फिल्म खिचेका छन् । तीन वटा सेटमा मात्रै उनले तीन करोड रुपैयाँ खर्च गरेका छन् ।

khadya

४२ फिट अग्लो काली देवीको प्रतिमा भारतसम्म पहुँच बनाएका नेपाली कालीगडले फिल्मका लागि मूर्ती बनाए । फिल्मका दृश्यलाई भव्य र कन्भिन्सिङ देखाउनकै लागि उनले ४२ फिट अग्लो काली देवीको मूर्ति ल्याएर खिचिएको थियो । मोरङको सिमसार क्षेत्रस्थित बूढासुब्बा खेल मैदानमा माघ १ गते बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवको आयोजना गरेर फिल्मका सिन खिचिएको हो । उक्त महोत्सवमा हजारौँको उपस्थिति रहेको थियो ।

काली देवीको मूर्तिको उद्घाटन गरिएको थियो । उक्त महोत्सवमा सहभागी हुन ‘बलिदान’ का अभिनेता समीर भट्टले पनि आम ससर्वसाधारणका अपिल गरेका थिए । उक्त मेलामा फिल्म छायांकन गरेको हो ।

सेनले ‘बलिदान’ नेपाली फिल्म उद्योगकै सम्झनायोग्य र ऐतिहासिक एक्सन फिल्म बन्ने बताएका छन् । समीर भट्ट ‘बलिदान’ को मुख्य कलाकार हुन् ।

करिब ९ करोड बजेट रहने ‘बलिदान’ मा समीर भट्टसँगै सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय छ ।

‘बलिदान’ ले रिलिज डेक लक गरेको छैन । छायांकन सकेर पोस्टको काम थालेर रिलिज मिति घोषणा गरिने सन्तोषले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार