धनगढीको वायु मंगलबार दिउँसो खतरनाक अवस्थामा

Call24News

धनगढी : कैलालीको धनगढीको वायु मंगलबार दिउँसो खतरनाक अवस्थामा पुगेको छ । वातावरण विभागका अनुसार मंगलबार दिउँसो १ बजे वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० ३५३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३०० भन्दा माथि भएमा वायु स्वास्थ्यका निम्ति खतरनाक हुन्छ । सो समय धनगढीको वायुमा पीएम ९पर्टिकुलेट म्याटर० २।५ को मात्रा बढेर १४९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

khadya

काठमाडौं उपत्यकाभित्र ललितपुरको खुमलटार अस्वस्थकर छ । त्यहाँको एक्यूआई १५२ र पीएम २।५ को मात्रा ५१।६ पुगेको छ । यस्तै, धनुषाको जनकपुरमा एक्यूआई १८२ र पीएम २।५ को मात्रा १२२ तथा धनकुटाको एक्यूआई १५३ र पीएम २।५ को मात्रा बढेर ६४।६ पुगेको छ ।

यी तीनवटै सहर अस्वस्थ्यकरको सूचीमा छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २।५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २।५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २।५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार