डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेस्थित भीमदत्त राजमार्गमा प्रज्वलित पदार्थ बोकेको जिप दुर्घटना भएको हो।
आज बिहान करिब २:१५ बजेको समयमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १६७२ नम्बरको जिप करिब ६०-७० मिटर तल खसेको थियो ।
दुर्घटना पछि चालक बझाङ सुर्मा गाउँपालिका–२ का २१ वर्षीय रविन्द्र बोहराको बाँया नाडीमा सामान्य चोट लागेको छ भने जिपमा सवार अन्य तिन जना सकुशल रहेका छन्।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारखोलीका प्रहरी निरीक्षक धनिराम पार्कीको नेतृत्वमा ३ जनाको टोली घटनास्थलमा खटिएको थियो। जिपमा दुई ड्रम डिजेल र दुई ड्रम पेट्रोल लोड गरिएकोमा दुई ड्रम डिजेल नभेटिएको डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्