धरौटी बुझाए लगत्तै रवि लामिछानेलाई काठमाडौं लगिने ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा धरौटी बुझाए लगत्तै काठमाडौं लगिने भएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीस नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको हो । धरौटी बुझाए लगत्तै उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।

khadya

काठमाडौंस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा पनि लामिछाने विरुद्ध मुद्धा दायर भएपछि उनाई प्रहरीले काठमाडौं ल्याउने तयारी रहेको छ ।

लामिछाने लगायत ६३ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पौषमा थप र ७ पौषमा पुरक अभियोगपत्र अदालतमा दायर गराएको थियो ।

आज अदालतले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएर हिरासतमा रहेका सात जनालाई धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार