लागू औषधसहित कैलाली र कञ्चनपुरबाट एकै दिन ४ जना पक्राउ

कैलाली : कैलाली कञ्चनपुरबाट लागू औषध सहित एकै दिन ४ जना पक्राउ परेका छन् । मंगलबार  कैलालीको धनगढी र कञ्चनपुरको दोधारा चाँदनीबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन । 

धनगढी उपमहानगरपालिका – ३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका -३ का २७ वर्षीय दीपक सुवेदीलाई ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका – ३ मिलन चोकबाट पनि लागू औषध सहित स्थानीय २१ वर्षीय नीराजन बिष्टलाई पक्राउ गरिएको  छ । उनको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका -१ फोर लाइन पुलबाट म १ प ७०४४ नम्बरको मोटरसाइकल चालक जिल्ला भीमदत्त नगरपालिका – १८ का १८ वर्षीय किशोर र पछाडि सवार भीमदत्त नगरपालिका – १० का २४ वर्षीय विमल बिष्ट पक्राउ परेका छन् ।

मोटरसाइकल चेकजाँच गर्दा १८ वर्षीय किशोरको साथबाट १.८८ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मोटरसाइकल र दुवै जनालाई लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट झोलुङ्गेबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार