काठमाडौं : कारोबारको सुरुदेखि उतार चढाब देखिएको बजारमा अन्तिम समयमा बहार आएको छ ।
कारोबार सकिन करिब डेढ घन्टा बाँकी रहँदा बढ्न थालेको बजारले अन्तिमसम्म कायमै रह्यो । बजार मापन गर्ने सूचक ४५.८८ अंकले बढेर परिसूचक २७१५.७१ बिन्दु कायम भएको छ । कारोबारमा ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको. छ । कारोबारमा सबै समूहको उपसूचक बढेको छ । यो दिन लगानीकर्ताको ध्यान बैंकमा देखिएको छ । बैंकिङ समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ ।
कारोबारमा न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ । यो दिन कुथली बुखरी स्मल हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो मैलुङ खोला, राप्ती हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस्तै खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट तहमा घटेको छ । यस्तै जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्