काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको छ ।
यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।
पराजित काठमाडौंका लागि स्टिफन स्किनाजीले मात्रै टिकेर खेल्दे ३७ रनको योगदान दिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० र१० रनको योगदान दिए ।
काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।
प्रतिक्रिया दिनुहोस्