काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ ।
शुक्रवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो, बयान अझै नसकिएकाले भोलि पनि जारी रहने भएको छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवारसम्म काठमाडौंमा नै रहने भएका छन् । बयान सकिएपछि सम्भवतः भोलि पोखरा फर्काइने छ ।
शुक्रवार बिहान देखि सुरु भएको बयान सो दिनको अपराह्ण ३:३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झन्डै ५ घण्टा लामो बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्