काठमाडौं : अभिनेता सलोन बस्नेतले निर्माण गरेको चलचित्र रंगीको शनिबारबाट छायाँकन सकिएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको यो चलचित्रको २६ दिनमा सकिएको सलोनले बताएका छन् । उनी यो चलचित्रको प्रस्तुतकर्ता हुन् ।
यो चलचित्रमा सलोन बस्नेतसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतको शिर्ष भूमिका रहने छ । ३० दिनको समय तालिका लिएर छायांकनमा गएको भए पनि निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप भएको सलोनले बताएका छन् ।
यो चलचित्रलाई सुरेश न्यौपाने निर्देशन गरेका हुन् । छक्का पन्जा, ए मेरो हजुर २, यात्रा, म यस्तो गीत गाउँछु २, कृलगायतका चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरेपछि सुरेशले रंगीमार्फत निर्देशन यात्रा थालेका छन् ।
यो चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाईन रहेको छ । चलचित्रका अर्का निर्माता सक्षम सुवेदी हुन् । छायाँकन सम्पन्न भएको यो चलचित्रको रिलिज मिति चाँडै नै घोषणा गर्ने पनि प्रस्तुतकर्ता सलोनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्