नेपाली राष्ट्रिय पुरुष फुटवल टोलीले आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै !

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटवल टोलीले थ्री नेशन्स कपको पहिलो खेलमा आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। 

डुसान्बे स्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपालको समय अनुसार साँझ पौने सात बजे हुनेछ।

SHIKHAR COOL TECH

नविन न्यौपानेको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा यो पहिलो खेल हो। प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै न्यौपानेले आक्रमक फुटवल खेल्ने बताएका छन्। करिब दुई साताको तयारी गरेर नेपाल ताजकिस्तान पुगेको हो।

बलियो टोलीविरुद्ध पाएका अवसरलाई सदुपयोग गर्दै सकारात्मक नतिजा निकाल्ने न्यौपानेको योजना छ। 

कप्तान किरण चेम्जोङले  शारिरीक र प्राविधिक रुपमा अब्बल ताजकिस्तानविरुद्ध आफुहरु मानसिक रुपमा खेल्न तयार रहेको प्रतिकृया दिए। नेपालले ताजकिस्तानसँग यसअघि खेलेका तीनै खेलमा हार बेहोरेको थियो। नेपाल पाँच महिनापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्दैछ।

गत जेठमा भएको फिफा विश्वकप छनौट अन्तर्गत यमनसँग नेपालले २–२ गोलको बराबरी खेलेको थियो। 

ताजकिस्तान भने एसीयन कप २०२३ को क्वाटरफाइनलसम्म पुगेको थियो। फिफा वरियतामा नेपाल १ सय ७६ र ताजकिस्तान एक सय पाँचौ स्थानमा छ। थ्री नेशन्स कपमा नेपाल ताजकिस्तानसहित अफगानिस्तान सहभागी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार