गायक विनय कार्कीको ‘किन छिन् छिन्’ बोलको नयाँ गीत रिलिज

काठमाडौँ : ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौँ’ गीतबाट गायन यात्रा सुरु गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्। कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्।

कमल खत्रीको रचना तथा सङ्गीतमा तयार भएको गीतमा उनले अञ्जना सारूसँग युगल गायन गरेका छन्। गायिका सारू ‘इमेज लोक कलाकार सिजन १’की विजेता हुन् ।

Seti Hospital

गीत रिलिजपछि विनयले ‘जब तिमी एक्लै थियौँ’ बोलको गीतको लोकप्रियता सम्झदै त्यसपछिको समय करिब सात वर्ष सङ्गीत संयोजनमा व्यस्त भएकोले गायनमा समय दिन नसकेको बताए।

कार्कीले अब भने आफू नियमित रुपमा गायनमा सक्रिय हुने बताएका छन्।  गायनमा पुनः सक्रिय हुनकै लागि उनले ‘भ्वाइस अफ नेपाल, सिजन टु’को मञ्च रोजेका थिए। ब्लाइन्ड अडिसनमा ‘भूमो’ गीत गाएका विनयका लागि त्यतिबेला चारै जना जजहरूले हरियो बर्जर बजाएका थिए।

उनको यो गीतको अडिसन भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो। यद्यपि उनी दोस्रो चरणमै निराश हुनुपर्‍यो। उनले अब पुनः दर्शकको मन जित्ने अभियानमा लागेको बताउँदै त्यही सिलसिलामा ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेको बताए। आफ्नो गीत श्रोताले मनपराउनेमा उनी आशावादी छन्।

विनय पछिल्लो समय युट्युब तथा टेलिभिजनमा लोकप्रिय रहेका टेलिश्रृखंलाहरुका पार्श्व संगीतकारसमेत हुन्। उनले ‘बुहारी’, ‘हल्कारा माइलो’, ‘जुठे’, ‘नारी’ गरी दर्जनबढी टेलिश्रृखंलाहरुका पार्श्व सङ्गीत दिएका छन् ।

यस्तै यो गीतको भिडियो नितिन चन्दको निर्देशनमा तयार पारिएको छ। गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्रम पोखरेल तथा आरोही कार्की क्षेत्रीको अभिनय रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार