रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि ल्याइएको हो। बुद्ध एयरको नियमित उडानमार्फत उनलाई पोखराबाट भैरहवा ल्याइएको हो।

SHIKHAR COOL TECH

लामिछानेलाई मंगलबार बिहानै भैरहवा ल्याउने योजना रहे पनि भैरहवा विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान ढिलो भएको हो। लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ। लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार