धनगढी । एडुपल नेपाल प्रालिका संचालक टेक पन्तले जिल्ला प्रहरी कार्यालय कैलालीलाई पुस्तक सहयोग गरेका छन् ।
पन्तले हिरासत कक्षमा राखिएको पुस्तकालयका लागि विभिन्न ज्ञान बर्द्दक पुस्तक सहयोग गरेका हुन ।
कार्तिक २१ गते (शनिबार) पन्तले ति पुस्तकहरु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दीपक धामीलाई हस्तान्तरण गरेका छन् ।
पुस्तक ग्रहण गर्दै प्रहरी निरीक्षक धामीले पन्तलाई धन्यवाद दिएका थिए ।
त्यस्तै पुस्तक हस्तान्तरण गर्दै एडुपल नेपालका संचालक पन्तले पुस्तक सहयोग गर्न पाउँदा खुसि लाग्नुका साथै थप पुस्तकले हिरासत कक्षको पुस्तकालयमा नयाँपन ल्याउनेमा विश्वास व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस्