बेकिङ सोडा प्रयोगका फाइदाहरू

काठमाडौँ : तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य धेरै उपयोगिता छन् । विशेष गरी बेकिङ सोडा विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा प्रयोग गरिन्छ । तर यसको प्रयोग बेकरी आइटममा मात्र नभई विभिन्न रोग निको पार्नमा समेत प्रयोग गर्न सकिन्छ ।

घाँटी खसखस
मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मज्जाले फिट्ने र यसले कुल्ला गरेमा घाँटीको खसखस ठिक पार्छ ।

dashain shuvakamana
Discovery School

पत्थरी
पानीमा बेकिङ सोडा मिसाएर पिउँदा पत्थरी बन्नबाट रोक्न मद्दत गर्दछ ।

पेटको अम्ल हटाउँछ
बेकिङ सोडामा एन्टी–एसिड तत्व हुने भएकाले पानीमा हाल्दा फोका बन्छन् र यसलाई पिउँदा फुलेको पेट निको हुन्छ ।

शरीरका गाँठा
शरीरमा परेका गाँठा पानीमा बेकिङ सोडा मिसाएर लगाउँदा हटेर जान सक्छ ।

कीराले टोकेको
कीराले टोकेमा छाला नकन्याइ पानीमा बेकिङ सोडा हालेर टोकेको भागमा दल्दा लाभ मिल्दछ ।

हात धुन
साबुनले हात धुनु भन्दा बेकिङ सोडाले धुँदा यसले हातको मैलो हटाउने मात्र नभई डियोडोराइज पनि गर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार