नाकामा तिर्खाएकालाई पानी र बिरामीलाई औषधी बाँड्दै रास्वपा

भक्तराज जोशी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले नाकामा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै रास्वपाले असोज १५ (आज)देखि सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका गौरिफन्टामा हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।

dashain shuvakamana
Discovery School

चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका सुदूरपश्चिमेली नागरिकहरु पनि गाउँ फर्किने क्रम बढ्दो छ । यहीबीच नाकामा नागरिहरुको सहजताका लागि हेल्प डेस्क सञ्चालन गरेको रास्वपा सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य झनक खनालले बताएका छन् ।

खनालका अनुसार हाल स्वदेश फर्किने नागरिकहरुलाई नाकामा पानी वितरण, ब्लड प्रेसर चेकजाँच, ज्वरो जाँच तथा आवश्यक औषधी निःशुल्क वितरण गरिँदै आएको छ । यसका साथै सामान्य घाउचोटपटक लागेका वा सामान्य बिरामीको प्राथामिक उपचार सेवा पनि उपलब्ध गराउँदै आएको खनालले जानकारी दिएका छन् ।

नाकामा रास्वपाको उक्त हेल्प डेस्कले निकै सहज भएको स्वदेश फर्किने नागरिकहरुले प्रतिक्रिया दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार