अन्तत: सफा भयो बसपार्क, ठाउँठाउँमा डष्ट्बिन पनि राखियो (फोटो फिचर)

भक्तराज जोशी

धनगढी ।  कल २४ न्युजको निरन्तरको खबरदारी र फलोअपपछि अन्तत: धनगढी बसपार्क सफा भएको छ । जताततै फोहोरले भरिएको कुरुप बनेको बसपार्क अहिले भने सफा र सुन्दर बनेको हो ।

कल २४ न्युजको समाचारपछि धनगढी उपमहानगरपालिकाले काटेको पत्र र हाम्रो फलोअपपछि बसपार्क संचालन तथा सरसफाईको जिम्मा पाएको एनके कन्स्ट्रक्सनले बसपार्क क्षेत्र सफा गरेको हो ।

Dengue

हाल बसपार्क क्षेत्रमा जथाभावी फालिएका फोहोरहरु सबै सफा गरिएको छ भने सार्वजनिक शौचालय पनि प्रयोग गर्न योग्य बनाइएको छ ।

यस्तै खानेपानीका धारा पनि मर्मत गर्नुका साथै  ठाउँठाउँमा फोहोर फाल्नका लागि डस्ट्बिन पनि राखिएका छन् ।

योसंगै बसपार्क क्षेत्र सफा हुनुका साथै बसपार्कमा सेवा लिन पुग्नेहरुलाई पनि निकै सहज भएको सेवाग्राहीहरुले बताएका छन् । बसपार्कको सरसफाईले यसरि नै निरन्तरता पाए आगामी दिनमा बसपार्क थप सुन्दर हुनुका साथै सेवा पनि थप प्रभावकारी हुने विश्वास गरिएको छ । थप फोटोहरुमा हेर्नुहोस:    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार