कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात र दुव्र्यवहार गर्ने पत्रकार ऐश्वर्या कुँवर पक्राउ

धनगढीः कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुव्र्यवहार गरेपछि पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक कार्यक्रममा गएर हातपात र दुव्र्यवहार गरेपछि पत्रकार कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आइतवार होटल बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा डीएसपी टेकबहादुर रावतले जानकारी दिए।

कुँवरले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडाध्यक्ष देवकोटालाई दुव्र्यवहार गर्दै कुटपिट गरेकी थिइन्। देवकोटाको जाहेरीपछि अभद्र व्यवहारको मुद्दामा कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी रावतले जानकारी दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार