बिहीबार देखिको लगातारको वर्षाले गोदावरीमा ४ घर भत्किए !

धनगढी : बिहीबार देखिको लगातारको वर्षाले कैलालीको गोदावरीमा ४ घर भत्किएका छन् । शुक्रबार लगातारको वर्षाले गोदावरी नगरपालिका – १  र ११ मा ४ घर भत्किएका हुन ।

लगातारको वर्षाका कारण गोदावरी नगरपालिका – १ वसन्तपुरको आदर्श टोलकी कलावती भट्टको घर भत्किएको वडा सदस्य गम्बिर साउँदले बताएका छन् । घर भत्किएपछि उनलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

Dengue

यस्तै लगातारको वर्षाले गोदावरी नगरपालिका – ११ गणेश मन्दिरमा रहेको नवराज पनेरुको घर भत्किएको छ । टिन र  ढुङ्गाले बनेको कच्ची घरको दिवाल भत्किएपछि उनलाई आफन्त लाल मणी पनेरुको घरमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तै वडा नम्बर ११ गणेश टोलका देवराज ढोली र जोगी दमाइको घर पनि लगातारको वर्षाले भत्किएको छ । घर भत्किएपछि देवराजको परिवारलाई आफन्त राधिका ढोली र जोगीको परिवारलाई आफन्त मधुरा दमाइको घरमा सारिएको प्रशासनले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार