सुदूरपश्चिममा ठुलो वर्षा रोकियो, कैलालीमा बाढीबाट ४३८ परिवार प्रभावित

धनगढी : सुदूरपश्चिममा बिहीबार देखि भइरहेको लगातारको वर्षा रोकिएको छ । गएरातिदेखि वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना छ । गएरातिदेखि वर्षा कम भए पनि नदीहरूमा पानीको बहाव भने घटेको छैन ।

Dengue

लगातारको वर्षाले कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ४३८ परिवार प्रभावित भएका छन् । जसअन्तर्गत जानकी गाउँपालिकाका १५, कैलारी गाउँपालिकाका ५३, जोशीपुर गाउँपालिकाका ६० र भजनी गाउँपालिकाका ३१० परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिव राज जोशीका अनुसार बाढीले घर डुबानमा परेका र घर भत्किएका १६२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जसमा जानकी गाउँपालिकाका ३२, टीकापुर नगरपालिकाका ११०, जोशीपुर  गाउँपालिकाका २, भजनी नगरपालिकाका १३, कैलारी गाउँपालिकाका २ र गोदावरी नगरपालिकाका ३ परिवार रहेको प्रशासनले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार