डिभोटी होटलको लुट, एक बोत्तल पानीकै ५३ रुपैयाँ असुली 

भक्तराज जोशी

धनगढी । धनगढीको हसनपुरस्थित डिभोटी होटलले सेवाका नाममा लुट मच्चाएको पाइएको छ । होटलले सेवा शुल्क भन्दै ग्राहकबाट चर्को शुल्क असुली गरेर लुट मच्चाएको पाइएको हो ।

गुणस्तरीय होटल भन्दै धनगढीको डिभोटी होटल पुगेका एक ग्राहकले होटलले दिएको बिलसहितको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि होटलको लुट छताछुल्ल भएको हो । हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

Dengue

उक्त भिडियोमा उल्लेख भए अनुसार होटलले एक बोत्तल मिनिरल वाटरको ५३ रुपैयाँ असुली गरेको छ । जुन सरकारले तोकेको एक बोत्तल पानीको अधिकतम खुद्रा मूल्यभन्दा झण्डै तीन गुणा धेरै हो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोत्तल मिनिरल वाटरको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तय गरेको छ । तर अधिकांश होटल तथा रेस्टुरेन्टहरुले ढुवानी खर्च बढि लाग्ने भन्दै २५ देखि ३० रुपैयाँसम्म लिँदै आएका छन् । तर, डिभोटी होटलले भने एक बोत्तल पानीको ५३ रुपैयाँ लिएर लुट मच्चाएको छ । 

त्यसो त डिभोटी होटलमा पानी मात्र होइन खानाका अन्य परिकार र सेवा पनि निकै महँगो छ । स्टार होटल नै भए पनि डिभोटीले नियम कानूनको धज्जी उडाउनेगरी ग्राहकबाट चर्को असुली गरिरहेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार