निसर्ग अस्पतालद्वारा भानुको नि:शुल्क उपचार, साढे २ लाख बढी खर्च मिनाहा

धनगढी । धनगढीको निसर्ग अस्पतालले सडक दुर्घटनामा घाइते भएका भानु जोशीको नि:शुल्क उपचार गरिदिएको छ । ६ महिनाअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका बझाङ्गका जोशीको अस्पतालले नि:शुल्क उपचार गरेको हो ।   

आर्थिक अवस्था साह्रै कमजोर भएका जोशीको परिवारले उपचारको खर्च तिर्न नसकेपछि उपचार खर्च मिनाहा गरेको अस्पतालले जनाएको छ ।

Dengue

अस्पतालका अनुसार जोशीको उपचारमा २ लाख ७२ हजार १ सय ५० रुपैयाँ खर्च भएको थियो । 

तर उक्त खर्च तिर्न सक्ने अवस्था जोशीको परिवारको सामर्थ्य नभएपछि उपचारमा लागेको सम्पुर्ण खर्च मिनाह गरिएको हो । उक्त रकम अस्पतालले सामजिक उत्तरदायित्य अन्तर्गत मिनाह गरेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताएका छन् ।    

पन्तका अनुसार ४५ दिनसम्म अस्पतालमा उपचार गराएका जोशी सोमबार डिस्चार्ज भएर घर गएका छन् ।

त्यसो त दुर्घटनामा गम्भीर घाइते भएका जोशीको पहिलो चरणको शल्यक्रिया बीमा कम्पनीले व्यहोरेको थियो । तर दोस्रो चरणको शल्यक्रियाका लागि खर्च नहुँदा जोशीको परिवार तनावमा परेको थियो । यहीबीच निसर्ग  अस्पतालले नि:शुल्क उपचार गरिदिएपछि भानुका बुवा धने जोशीले अस्पताललाई धन्यवाद दिएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार