बिहीबार सुनको मूल्य स्थिर रहेको छ !

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ ।

Dengue

बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार