धनगढीको फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न धनगढी उपमहानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ ।

सो ठाउँमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा रु एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र उपमहानगरपालिका प्रमुख गोपाल हमालबीच सम्झौता भएको हो ।

Dengue

नगरप्रमुख हमालले फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता भएको जानकारी दिएका छन् । उनले फूलबारीको डिपो बजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको पाँच बिघा जग्गामा कम्तीमा पाँच हजार दर्शक क्षमताको प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको बताए ।

अखिल नेपाल फुटबल सङ्घको यही भदौ ११ र १३ गते बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । फुटबल प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशबाट फुटबलका नयाँ खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण योगदान पु–याउने विश्वास लिइएको छ ।

प्रशिक्षण केन्द्रका भौतिक संरचनाको काम पाँच वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले उक्त प्रशिक्षण केन्द्र १५ वर्ष प्रयोग गरेपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यहाँ निर्माण हुन लागेको फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीलाई आवाससहितको सुविधा रहने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार