‘सफा धनगढी’को सपनालाई गिज्याईरहेको बसपार्कको फोहोर… (फोटो फिचर)

भक्तराज जोशी

कैलाली । धनगढी दिनप्रतिदिन सफा हुँदैछ । घरघरबाट निस्किने फोहोर व्यवस्थित हुँदैछ । हरेक दिन डुंगडुंग गन्हाउने चोक आजभोली सफा भएका छन् ।

तर, धनगढीको मुटुमा रहेको बसपार्कको फोहोरले भने फोहोरमुक्त धनगढीको सपनालाई गिज्याईरहेको छ ।

Dengue

यसै पनि बसपार्क क्षेत्र विगतदेखि नै अन्य क्षेत्रको तुलनामा बढी फोहोर हुने क्षेत्र हो । तर, फोहोरमुक्त धनगढी बनाउने अभियानमा अन्य क्षेत्र सफा हुँदै गर्दा बसपार्क भने झनै फोहोर हुँदै गएपछि सफा धनगढीको सपनामा बसपार्कको फोहोर बाधक बनेको छ ।

यतिमात्र होइन, बसपार्कमा निर्माण भएका सार्वजनिक शौचालय र धाराको हालत पनि बिजोग छ । यही कारण बाहिरी जिल्लाबाट आउने नगारिकहरु पनि मर्कामा पर्ने गरेका छन् ।

अर्कोतिर ‘हाम्रो धनगढी, हामी बनाउछौँ’ अभियान अन्तर्गत फोहोरमुक्त धनगढी बनाउने कार्यक्रम नै सञ्चालन भइरहेको बेला आगन्तुक ओर्लिने ठाउँ नै फोहोर भएपछि त्यसले बाहिर के सन्देश जाला ? भन्ने चिन्ता पनि थपिएको छ । यसतर्फ नगरपालिका, स्थानीय र यातायात व्यवसायी सचेत बन्न आवश्यक छ ।

तस्वीरमा हर्नुहोस् बसपार्कमा देखिएको अस्तव्यस्त फोहोरः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार