कैलाली । कैलाली बहुमुखी क्याम्पस (केएमसी) का स्वतन्त्र विद्यार्थी युनियन (स्यवियु) सभापति यमराज जोशीले कैलाली बहुमुखी क्याम्पसको गुणस्तर नघटेको दाबी गरेका छन् । ‘कल २४ टक शो’ मा बोल्दै जोशीले बजारमा चलाइएको जस्तो क्याम्पसको गुणस्तर नघटेको दाबी गरेका हुन् ।
उनले विगत ४५ वर्षअघि क्याम्पसको गरिमा जे/जस्तो अवस्थामा थियो अहिले पनि सो अवस्था कायमै रहेको बताएका छन् । बरु गुणस्तरका हिसाबले क्याम्पस धेरै अगाडि बढिसकेको पनि जोशीको भनाई छ ।
त्यस्तै विगतमा मुस्किलले २ वटा प्राविधिक विषय रहेको कैलाली बहुमुखी क्याम्पसमा अहिले ६-७ वटा प्राविधिक विषय रहेको र जनशक्ति पनि अपग्रेड हुँदै गएको बताउंदै कैलाली बहुमुखी क्याम्पसको साख झन् बलियो बन्दै गएको जोशीको भनाई छ ।
तर, शिक्षामा प्रतिष्पर्धाको भावना सृजना हुँदा केही निजि कलेज र केही स्वार्थ समुहले क्याम्पसका बारेमा भ्रम सृजना गरेको जोशीले आरोप लगाए ।
यधपि बाहिर चलेको हल्लाजस्तो क्याम्पसमा विद्यार्थी संख्या नघटेको र गुणस्तर नखस्किएको भन्दै उनले अभिभावकलाई ढुक्क भएर आफ्ना छोराछोरीलाई कलेजमा भर्ना गर्न पनि आग्रह गरेका छन । बाँकी कुराकानी:
कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीसंग गरीएको कुराकानी। CALL24 TALK SHOW
Posted by Call24 News on Monday, August 19, 2024
प्रतिक्रिया दिनुहोस्