कैलाली । पछिल्लो एक वर्षमा सुदूरपश्चिम प्रदेशका चार हजार सवारी चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ९ सय १८ सवारी चालक मादक पदार्थ सेवन गरेर सवारी चलाएको कसुरमा कारबाहीमा परेका हुन् ।
जसमध्ये ५० जना ट्रक चालक, ३० जना बस चालक, ३ सय ४५ जना जिप/कार चालक, ट्याक्टर चालक २ सय १९ जना, २ हजार ९ सय ४७ जना मोटरसाइकल चालक र अन्य ३ सय २७ जना अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
मापसे सेवन गर्ने चालकबाट गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले ३९ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।




प्रतिक्रिया दिनुहोस्