प्रमुख एआईजी श्यामलाल ज्ञवाली सहित ३ जना एआईजीहरुको सरुवा

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।

मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ । उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् । ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । थापा अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।

Dengue

उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । अहिले प्रहरी प्रधान कार्यालय स्थित  कार्य विभागमा कार्यरत बज्राचार्यलाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको विभागीय कारबाहीको सिफारिस गरेको थियो ।

६० किलो सुनको अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा उनलाई दोषी किटान गरेको थियो । तर, उनलाई सरकारले कारबाही गर्नुको साटो काठमाडौँ उपत्यकाको सुरक्षा कमान्ड सुम्पिने तयारी गरेको भन्दै प्रहरीका उच्च अधिकृतहरू असन्तुष्ट बनेका छन् ।

एआईजी ज्ञवालीलाई ब्युरोबाट हटाएर प्रदेश समन्वय विभाग र डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशीलाई बढुवा नियुक्ति गरेर कार्य विभागका पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार